वैदिक परामर्श

अनुभवी ज्योतिष आचार्य तथा प्राध्यापक गुरुहरूबाट ज्योतिषीय, धार्मिक, वास्तु र जन्मपत्रिका परामर्श सेवा — भिडियो कलमार्फत, घरमै बसेर।

जीवन भनेकै सफलता र असफलता मिश्रित अनेक कथासहितको यात्रा न हो। सबथोक सकारात्मक दिशातर्फ चलिरहे जीवन प्रगतिपथतर्फ छ भन्ने बुझिन्छ। तर यदि तपाइको जीवनमा एकपछि अर्को लगातार समस्याहरु आइरहेका छन् र यदि तपाईं प्रेम-विवाह, विवाहमा संकट, विवाहको मिती, व्यापार-व्यवसायमा समस्या, परिवारिक विवाद, क्लेश, विदेश यात्रा, लगानीमा अवरोध, जागीर, शारीरिक अथवा मानसिक समस्या, सन्तान लाभ या अन्य कुनै किसिमको समस्याबाट चिन्तित हुनुहुन्छ भने यि सबै समस्याहरुबाट निस्किन र सही बाटो प्राप्त गर्न हाम्रा, विषयगत विद्धान्, अनुभवी, ज्योतिष आचार्य तथा प्राध्यापक गुरुहरुबाट ज्योतिष परामर्श लिनुहोस्।

हाम्रा सेवाहरू · Our Services

ज्योतिषीय परामर्श

Astrological Consultation

पेसा, नोकरी, व्यापार, शिक्षा, परिवार, विवाह, स्वास्थ्य, यात्रा आदि विषयमा विस्तृत ज्योतिषीय मार्गदर्शन।

  • ✓जन्मकुण्डली विश्लेषण
  • ✓ग्रह दशा र भुक्ति फल
  • ✓समस्याको मूल कारण
  • ✓सुझाव र उपाय

धर्म–संस्कार परामर्श

Religious & Cultural Consultation

जूठो, सूतक, पूजा, व्रत, अनुष्ठान, षोडश संस्कार, मुहूर्त आदि धार्मिक विषयमा परामर्श।

  • ✓मुहूर्त निर्धारण
  • ✓संस्कार विधि
  • ✓अनुष्ठान मार्गदर्शन
  • ✓व्रत र पूजा विधि

वास्तु परामर्श

Vastu Consultation

माटो परीक्षण, घर, कार्यालय, देवालय योजना, व्यापारिक भवन, पसल, उद्यान जलाशय आदिको स्थलगत अध्ययन, नक्सांकन आदि।

  • ✓माटो परीक्षण
  • ✓नक्सांकन परामर्श
  • ✓स्थलगत अध्ययन
  • ✓दिशा निर्धारण

जन्मपत्रिका निर्माण

Birth Chart Creation

देश–विदेशमा जन्मेका बच्चाहरूको स्तरीय र पूर्ण जन्मपत्रिका निर्माण।

  • ✓पूर्ण जन्मकुण्डली
  • ✓ग्रह स्पष्ट स्थिति
  • ✓दशा फलादेश
  • ✓शुभ अशुभ विश्लेषण

ज्योतिष सेवा — Vedic Jyotish Consultation Nepal

ज्योतिष सेवा भन्नाले वैदिक ज्योतिष शास्त्रका आधारमा ग्रह–नक्षत्रको स्थिति अध्ययन गरी मानिसको जीवनका विभिन्न पक्षहरू — करियर, विवाह, स्वास्थ्य, आर्थिक अवस्था, पारिवारिक सुख, सन्तान, विदेश यात्रा आदिको विश्लेषण र मार्गदर्शन हो। हाम्रो नेपाली पात्रो ज्योतिष सेवा ले अनुभवी ज्योतिष आचार्य र प्राध्यापक गुरुहरूमार्फत अनलाइन भिडियो कल परामर्श प्रदान गर्छ।

हाम्रा चार मुख्य सेवाहरू — Our Services

  • 🕉️ ज्योतिषीय परामर्श (रू १,०००) — पेसा, नोकरी, व्यापार, शिक्षा, परिवार, विवाह, स्वास्थ्य, यात्रा आदि विषयमा विस्तृत परामर्श।
  • 🪔 धर्म–संस्कार परामर्श (रू १,०००) — जूठो, सूतक, पूजा, व्रत, अनुष्ठान, षोडश संस्कार, मुहूर्त आदिको जानकारी।
  • 🏛️ वास्तु परामर्श (रू १,०००) — माटो परीक्षण, घर, कार्यालय, देवालय, व्यापारिक भवन, पसल, उद्यान जलाशय आदिको स्थलगत अध्ययन र नक्सांकन।
  • 📜 जन्मपत्रिका निर्माण (रू ५,०००) — देश–विदेशमा जन्मेका बच्चाहरूको स्तरीय र पूर्ण जन्मपत्रिका निर्माण।

अनलाइन परामर्श कसरी काम गर्छ? — How It Works

  1. लग-इन गर्नुहोस् — आफ्नो गुगल वा फेसबुक खाताले नेपाली पात्रोमा लग-इन गर्नुहोस्।
  2. सेवा चयन गर्नुहोस् — कुनै एक सेवामा ‘बुक गर्नुहोस्’ थिच्नुहोस्।
  3. फारम भर्नुहोस् — आफ्नो नाम, मोबाइल नम्बर र समस्याको संक्षिप्त विवरण लेख्नुहोस्।
  4. वालेटबाट भुक्तानी — तपाईंको नेपाली पात्रो वालेटमा पर्याप्त रकम भएमा भुक्तानी स्वतः हुन्छ।
  5. भिडियो कल — भुक्तानी पछि हाम्रा गुरुले तोकिएको समयमा भिडियो कलमार्फत सम्पर्क गर्नुहुनेछ।

प्रश्नहरू — Frequently Asked Questions

ज्योतिष परामर्श कसरी लिने?

नेपाली पात्रोमा लग-इन गर्नुहोस्, कुनै पनि सेवामा ‘बुक गर्नुहोस्’ क्लिक गर्नुहोस्, फारम भर्नुहोस् र वालेटबाट भुक्तानी गर्नुहोस्। भुक्तानी पछि हाम्रा गुरुले तपाईंलाई भिडियो कलमार्फत सम्पर्क गर्नुहुनेछ।

How does the online Jyotish consultation work?

Login to Nepali Patro, click “Book Now” on any service, fill the booking form, and pay through your wallet. After payment confirmation, one of our experienced Jyotish Acharyas will connect with you via video call for a personalized consultation.

के भुक्तानी वालेटबाट मात्र गर्न सकिन्छ?

हो। भुक्तानी तपाईंको नेपाली पात्रो वालेटबाट हुन्छ। पहिले वालेटमा रकम थप्नुहोस्, त्यसपछि सेवा बुक गर्नुहोस्। वालेट ब्यालेन्स अपुग भएमा बुक गर्न सकिँदैन।

What is included in the Janma Patrika creation service?

The Janma Patrika service (Rs 5,000) provides a complete, professionally prepared birth chart including planetary positions, dasha analysis, and auspicious/inauspicious predictions. Delivery typically takes 7 working days.

Do you offer Vastu consultation for commercial buildings?

Yes. Our Vastu consultation service covers soil testing, residential homes, offices, temples, commercial buildings, shops, gardens and water bodies. On-site study and blueprint analysis are available on mutual agreement.

कुन-कुन क्षेत्रका लागि ज्योतिष परामर्श उपलब्ध छ?

पेसा, नोकरी, व्यापार, शिक्षा, परिवार, विवाह, प्रेम-सम्बन्ध, स्वास्थ्य, विदेश यात्रा, लगानी, सन्तान लाभ र अन्य व्यक्तिगत तथा पारिवारिक विषयमा परामर्श उपलब्ध छ।

* ज्योतिष परामर्श परम्परागत वैदिक ज्योतिष शास्त्रमा आधारित मार्गदर्शन हो। यो चिकित्सकीय, कानुनी वा वित्तीय परामर्शको विकल्प होइन।